आज विश्व प्रेस स्वतन्त्रता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौ । आज विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाईदैछ ।

हरेक वर्षको मे महिनाको ३ तारिखमा विश्वभरि सञ्चारका माध्यमहरुको स्वतन्त्रताका मुद्धा, मापदण्ड र महत्वको विषयमा पैरवी अनि वहस गरिदै समाचार संकलनका क्रममा जोखिममा परेका र ज्यान गुमाएका पत्रकारहरुको योगदानको सम्झना र सम्मान गर्दै मनाउने गरिएको छ । सन् १९९३ को संयूक्त राष्ट्रसघीय महासभाले अनुमोदन गरेपछी प्रेस स्वातन्त्रता दिवस विश्व भर मनाउन थालिएको हो ।

यस वर्ष आजको दिन एसियाली देश इन्डोनेशियाको राजधानी जकार्तामा संसारभरिका मिडिया प्रतीनीधीहरु भेला भएर यूनेस्को गुईलेरमो क्यानो विश्व प्रेस स्वतन्त्रता उपाधी प्रदान गरिन्छ । आज संसार भरिका अधिकाशं राष्ट्रका प्रेस काउन्सिलहरुले विज्ञप्ती जारी गर्ने चलन पनि छ ।

यसैविच नेपाल पत्रकार महासंघले सम्पूर्ण पत्रकार एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधर सबैलाई यो अवसरमा बधाई तथा शुभकामना व्यक्त गरेको छ । महासंघका तर्फबाट अध्यक्ष गोविन्द आचार्यले आज शुभकामना सन्देश जारी गर्दै पत्रकारिता पेशा निर्वाहको क्रममा जीवन बलिदना गर्ने तथा बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दै शुभकाना दिएको हो ।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा यस वर्ष नेपालमा ‘लोकतन्त्र र शान्तिका लागि मिडियाः इन्टरनेटको युगमा पत्रकारिता र निर्वाचन’ भन्ने नाराका साथ विविध कार्यक्रम तय गरिएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासंघ र युनेस्कोले यूएनडिपी र निर्वाचन आयोग नेपाल समेतको सहकार्यमा प्रेस स्वतन्त्रता राष्ट्रिय सम्मेलनको आयोजना गरेका छन् ।

पत्रकार महासंघका प्रदेश समिति र जिल्ला शाखाहरुको आयोजनामा देशभर विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..