
काठमाडौ । सरकारले आर्थिक अवस्था कमजोर भएका एकलाख विपन्न परिवारलाई चालु आर्थिक वर्षमा निःशुल्क विद्युत मिटर वितरण गरि जडान गर्ने काम सुरु गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षमा ४० करोड रुपैयाँ बिनियोजन गरेपछि त्यसको कार्यान्वयन स्वरुप विपन्न परिवारलाई निःशुल्क मिटर बितरण सुरु भएको हो ।
विद्युत् सेवा पुगेका जिल्लामा विपन्न नागकिरले अझैपनि विद्युत् सेवा लिन नसकेको र विद्युत् चोरी गर्ने प्रवृत्ति बढिरहेकाले त्यसलाई रोक्न यो कार्यक्रम ल्याइएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मातृ सन्देश डट कमसँग बताउनुभयो ।