सहायता कोषको लागि एनआरएनए स्कटल्याण्डको “हिल वाक”

स्कटल्याण्ड।  एनआरएनए  स्कटल्याण्ड राज्य समन्वय समितिले स्कटल्याण्डको  प्रख्यात डुमएट हिल,  स्टरलिङमा आगामी मार्च २४ गते आइतबार बिहान  १० बजे हिल वाक इभेन्ट आयोजना गर्ने भएको छ।

एनआरएनए  स्कटल्याण्डको  नौलो तरिकाले हिल वाक इभेन्टको  आयोजना गरेर सहयोग संकलन गर्ने लक्षको गैर आवासीय नेपालीहरुमाझ  विशेष चर्चाको विषय बनेको छ। एनआरएनए  स्कटल्याण्डका अध्यक्ष  मोहन कार्कीले  हिल वाक इभेन्टबाट सहायता कोषको लागि सहयोग संकलन गर्ने र उक्त कोषबाट  संकलित सहयोग आपतकालीन र मानव कल्याणको क्षेत्रमा प्रयोग गरिने बताउनु हुन्छ।

डुमएट हिलमा पाँच माइलको हिडाईको लागि करिब साँढे दुई  घण्टा लाग्ने अनुमान गरिएको छ। हिल  वाक  एक   स्वस्थ इभेन्ट  पनि रहेको र यस्ता स्वस्थ इभेन्टहरुबाट  सहभागीहरुको शारिरिक र मानसिक स्वास्थ्यमा  फाइदा पुग्ने समेत अध्यक्ष  कार्की बताउनु हुन्छ।हिल  वाकमा आधिकारिक मेडिकल स्वयम्सेवकहरु र अन्य स्वयमसेवकहरू समेत सहभागीहरूको सहयोग र सुरक्षाको लागि प्रबन्ध गरिएको इभेन्ट संयोजक  राम बगालेले बताउनु भयो।

उक्त हिडाईमा परिवार र बालबालिका सहितको सहभागिता रहने हुनाले सहभागीताको लागि स्कटल्याण्डको बिभिन्न स्थानबाट नेपालीहरुको सहभागिताको लागि अपेक्षा गरिए अनुसार सहभागी हून आआफ़नो क्षेत्रका प्रतिनिधि मार्फ़त नाम दर्ता गराउने हरूको शंख्या उच्च रहेको तथ्य संस्थाका सचिब  कृष्ण  दहालले  बताउनु भयो ।

संस्थाका खेलकुद संयोजक   उज्जवल कार्कीका अनुसार  उक्त इभेन्टको लागि स्कटल्याण्डको एडिनब्रा, ग्लासगो, एबर्डिन, फलक्रिक, फाइफ, डनफर्मलिन  र स्टरलिङमा स्थानीय सम्पर्क व्यक्तिहरु तोकिएको छ ।    एनआरएनए  स्कटल्याण्डको यस्तो कार्यक्रम अत्यन्त राम्रो प्रकृतिको भएको र  संस्थाले बेला बेलामा यस्ता कार्यक्रमहरू आयोजना गरिरहनु पर्ने संस्थाका सल्लाहकार  डा.  रामकुमार अधिकारीले बताउनु भएको छ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..