हुरीले विद्यालयको छानो उडाउँदा समस्या

पर्वत । पर्वतको मोदीमा हावाहुरीले एक विद्यालयका सबै छाना उडाएको छ । बिद्यालयको छाना उडेपछि विद्यार्थीहरु चौरमा पढ्न थालेका छन् ।

विद्यालयका शिक्षक भूमिराज शर्माका अनुसार हुरीले विद्यालयका विद्यार्थीहरुको बिचल्ली भएको छ । बिदाको दिनमा हुरी आउँदा छाना उडेपनि विद्यार्थी भने विपदबाट जोगिएको शर्माले बताउनुभयो । भूकम्पले भत्किएको उक्त विद्यालयमा गतवर्ष दाताहरुको सहयोगमा भवन बनाइएको थियो ।

यो वर्ष फेरि त्यहि बिद्यालयलाई हुरीले असर गरेको छ । करिब ४ सय विद्यार्थी अध्ययनरत विद्यालयको छानो चैतमा आएको हुरीले पनि उडाएको थियो । भूकम्प पुननिर्माणकै लागि आएको रकम र श्रमदानबाट उतिबेला छाना हालेपनि नयाँ संरचना बनि नसक्दै अर्को विपत्ति आएको हो ।

प्रधानाध्यापक दीपक शर्माले अहिले पक्की भवनको गारो सहित छानो उडाएको बताउनुभयो । प्रमूख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकमा बुधबार हावाहुरीबाट भएको क्षतीको वास्तविक विवरण पेस गर्न स्थानीय तह, जनप्रतिनिधि, प्रहरी लगायतलाई अनुरोध गरिएको छ ।

कतिपय स्थानीय तहबाट क्षतीको वास्तविक विवरणसमेत आउन नसकेको भन्दै प्रजिअ गुरुदत्त ढकालले आक्रोश व्यक्त गर्नुभयो । उहाँले स्थानीय तहलाई विपद प्रतिकार्य योजना बनाउन आग्रह गर्नुभयो ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..