
कपिलवस्तु । कपिलवस्तुमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
शिवराज नगरपालिका १ धानखोला नजिकै कार दुर्घटना हुँदा घोराही उपमहानगरपालिका– १४ का कार चालक तीर्थ आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दाङबाट चन्द्रौटा आउँदै गरेको बा १४ प ८४४५ नम्बरको कार आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा लमही नगरपालिका–४ का अनिल कुमार चौधरीको खुटटा र टाउकोमा चोट लागेको छ ।
उहाँको अहिले बुटवलमा उपचार भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । कार सडकबाट झण्डै ५० मिटर तल खोलामा खसेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक मोतिलाल तामाङले जानकारी दिनुभयो ।