बढ्ला त सामाजिक सुरक्षा भत्ता ?

काठमाडौ । सरकारले नीति तथा कार्यक्रममा नै सामाजिक सुरक्षा भत्ता वृद्धिको घोषणा गरेको छ ।

सामान्यतः यस्तो घोषणा बजेटमार्फत हुन्छ । तर, वृद्धभत्ता ५ हजार र्पुयाउने चुनावी घोषणाका कारण दबावमा परेको सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने प्रतिवद्धता जनाएको छ ।

कुन क्षेत्रमा कति वृद्धि भयो भन्ने बजेटमा आउनेछ । बजेट जेठ १५ मा आउनेछ ।

बजेट निर्माणको क्रम सुरु भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत वृद्धभत्ता बढ्ने बताएका थिए । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल त ५ वृद्धभत्ता ५ हजार र्पुयाउने दाबी गरेका छन् ।

अर्थ मन्त्रालयका अधिकारीहरुले भने एक हजारसम्म बढ्न सक्ने दाबी गरेका छन् ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..