मोटर चढ्ने आशाले पाक्नै लागेको गहुँबाली फाड्दै स्थानीय

कालिकोट । रास्कोट नगरपालिका–२, पुछुडावाडाका पृथीबहादुर खड्काको घरको आधाजति भाग सडकको माटोले पुरिइसकेको छ भने आधाजति खेतबारी मासिएको छ ।

घरखेत हुँदै निर्माणाधीन जनालीकोट स्कुल–खप्परेघाट सडकको माटो उहाँको घरआँगन, पुरेर भित्रैसम्म पुगिसकेको छ । एकझर वर्षा भए उहाँको घर यही अवस्थामा नरहन सक्छ । तर आफ्नो घर पुरिएकोमा खड्कालाई कुनै गुनासो छैन । बरु खुशी लागेको सुनाउनुहुन्छ, उहाँ ।

‘सडक नहुँदा भोग्नुपरेको सास्ती सम्झिँदा त अहिले घर आँगन र पाक्नै लागेको गहुँबाली फाड्नु परेको पीडा केही होइन,’ खड्काले भन्नुभयोे, ‘यो पीडालाई घरको पिठाराबाट गएको फराकिलो सडकले बिर्साएको छ ।’

उहाँको घरै छोएर ६ मिटर चौडा सडक धमाधम निर्माण भइरहेको छ । ‘दुर्गम गाउँमा यति ठूलो सडक बन्ने कल्पना नै थिएन, अहिले सडक आउँदा हामी सबैले सहयोग गरिरहेका छौं’ उहाँले घरको माथिपट्टि खनिएको सडक देखाउँदै भन्ुभयो, ‘यो सडक भोली ग्राभेल होला, पर्सी पिच होला, अनि सजिलै अरू ठाउँसम्म पुग्न सकिएला ।

त्यसैले हामीले व्यक्तिगत क्षति सहेर पनि सडक बनाउन लागेका हौं ।’ सडक नभएका कारण उत्पादित कृषिजन्य वस्तु डोकोमा बोकेर बिक्रिमा लैजानु परेको बाध्यता स्थानीय सुनाउँछन् । सडक बनिसकेपछि गाडीमा चढेर सामान बेच्न जाने आशा बढेको अर्का स्थानीय नर खड्का बताउनुहुन्छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..