हुम्लाका सातमध्ये ६ वटा गाउँपालिकाको बेरुजु १६ करोडभन्दा बढी

हुम्ला । हुम्लामा स्थानीय तहको बेरुजु १६ करोड बढी देखिएको छ । हुम्लाका सातमध्ये ६ वटा गाउँपालिकाको बेरुजु १६ करोडभन्दा बढी देखिएको महालेखाको प्रतिवेदनले देखाएको हो ।

एक गाउँपालिका ताँजाकोटले सुर्खेत मै आलेप र मलेप गरेको कारण जिल्लामा महालेखाबाट प्राप्त प्रतिबेदनमा उक्त गाउँपालिकाको बेरुजु देखाइएको छैन ।

बाँकी अन्य स्थानीय तहको कुल बेरुजु १६ करोड १२ लाख २१ हजार ९५० रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा यी मध्ये सबै भन्दा बढी सिमकोट गाउँपालिकाको चार करोड एक लाख २१ हजार ५ सय १० रुपैयाँ बेरुजु देखिएको छ ।

सबै भन्दा कम अदानचुली गाउँपालिकाको एक करोड ३७ लाख ३०७ रुपियाँ बेरुजु देखिएको छ । नाम्खाको दुई करोड ३७ लाख ५७ हजार ६१५, चंखेलीको दुई करो ४९ लाख४० हजार ८७५, खार्पूनाथ गाउँपालिकाको दुई करो ३५ लाख २८ हजार ६६४ र सर्केगार्डको तीन करोड ५१ लाख ७२ हजार ९८० बेरुजु देखिएको छ ।

शिर्षक नमिलाएर खर्च गरिएको, गाउँपालिकाद्धारा निर्णय गराएर दिन नहुने दिएको, प्रशासनीक खर्च जथाभाबी गरेका कारण बेरुजु बढेको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख राजन रेग्मीले बताउनु भयो ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..