कर्णालीका नागरिक आधारभूत स्वास्थ्य सेवा पाउनबाट किन वञ्चित ?

सुर्खेत । कर्णाली प्रदेशमा चिकित्सकको अभाव र पहुँचमा स्वास्थ्य संस्था नहुँदा स्थानीयले स्वास्थ्य उपचारमा समस्या भोग्दै आएका छन् ।

चिकित्सकको र औषधीको अभावका कारण कर्णालीबासी आधारभुत स्वास्थ्य सेवाबाट बञ्चित भएका छन् । जुम्ला लगाएतका जिल्लामा नजिकै अस्पताल नहुँदा तिन दिनसम्म हिडेर सदरमुकामका अस्पतालमा जानुपर्ने बाध्यता स्थानीयलाई छ ।

कर्णालीको दश जिल्लामध्ये जुम्लामा एउटा शिक्षण अस्पताल छ भने अन्य जिल्लामा एक–एक वटा जिल्ला अस्पताल छ । सुर्खेतको वीरेन्द्रनगरमा भने एउटा प्रदेश अस्पताल पनि छ । कर्णाली प्रदेशभर १३ वटा प्राथामिक स्वास्थ्य केन्द्र छन् । तर पनि आम नागरिकले आधारभुत स्वास्थ्य सेवा पाउन सकिरहेका छैनन् ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य शाखा प्रमुख वृषबहादुर शाहीका अनुसार भएका स्वास्थ्य संस्था र अस्पतालमा पनि चिकित्सकको अभाव हुँदा स्वास्थ्य सेवा प्रभावकारी हुन नसकेको हो ।

कर्णालीमा १ सय १८ विशेषज्ञ चिकित्सकको दरबन्दी भएपनि त्यसको आधामात्र पदपुर्ति भएको छ । ३० जनाको दरबन्दी रहेपनि, प्रदेश अस्पतालमा हाल कार्यरत ११ जना विशेषज्ञ चिकित्सकमध्ये ९ जनाले संघ र २ जनाले प्रदेश रोजेपछि अस्पताल विशेषज्ञ चिकित्सकविहीन भएको छ ।

यो समस्या समाधान गर्ने प्रत्येक पालिकामा अस्पताल बनाउने योजना प्रदेश सरकारको रहेको र अबको निति तथा कार्यक्रममा यो कुरालाई विशेष प्राथमिकता दिने कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावले जानकारी दिनुभयो ।

मन्त्रालयले यो आर्थिक वर्षमा जिल्लामा सम्भव नभएपछी १६ जना गर्भवति महिलाको हेलिकप्टरमार्फत उद्दार गरेको छ । कर्णालीमा विशेषगरी कुपोषण, श्वासप्रश्वास, र रुखबाट लडेका विरामी बढी मात्रामा अस्पताल पुग्ने गरेका छन् ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..