गजुरी गाउँपालिकाको कार्यालयमा चोरी, सीसीटीभीले पनि चोर चिनेन

धादिङ । धादिङको गजुरी गाउँ कार्यपालिकाको कार्यलयमा चोरी भएको छ । अज्ञात समूहले तोडफोड गरी कार्यालयमा रहेका सामान चोरी गरेको जनाइएको छ ।

राती १२ बजे गाउँकार्यपालिका कार्यालयको मुल ढोका तोडेर सबै कार्यकक्षको ढोका फुटाइएको छ भने दराज र टेबलका घर्रा तोडफोड गरी सामान चोरी भएको कार्यालयले जनाएको छ ।

मध्यरातको समयमा कार्यालय भित्र प्रवेश गरेर दुई थान ल्यापटप, एक थान भिडियो क्यामेरा, एक थान डीएसएलआर क्यामेरा चोरी भएको हो ।

क्यामेरासँगै अन्य विद्युतीय उपकरणसमेत चोरी भएको गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेत जानकारी दिनुभयो । कार्यलयको सीसीटीभी फुटेजमा पनि हातमा पञ्जा लगाएका र अनुहारमा मास्क लगाएका २ अपरिचित युवाले कार्यपालिका भवनको मुलगेट फुटाइ भित्र प्रवेश गरेको देखिएको छ ।

अन्य सामान चोरी गरे पनि कागजातमा भने नोक्सान नभएको अध्यक्ष बस्नेतले बताउनुभयो ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..