
पर्वत । पुस्तौदेखि आरन व्यवसाय गर्दै आएका आरन व्यवसायीहरुलाई बजारमा आएको नयाँ प्रविधिको पहुँच नहुँदा समस्या भएको छ ।
बजारमा विभिन्न नयाँ प्रविधिहरु आएपनि पहिलेको जस्तै गरी काम गर्नु पर्दा आरन व्यवसायीलाई समस्या भएको हो । फलामका विभिन्न औजारहरु बनाउँदा अहिले पनि घनले पिट्नुपर्ने हुँदा समस्या भएको बाग्दुगंका नरबहादुर विश्वकर्माको गुनासो छ ।
सरकारी निकायले आरनलाई आधुनिकीकरण गर्ने भन्दै उपकरणका नाममा घन र सनासो दिने गरेको छ । कामलाई सजिलो, छिटो र सुविधायुक्त बनाउन आधुनिक प्रविधिका मेसिन आवश्यक भएपनि त्यस्ता सामाग्री नदिएको पर्वतको फलेवास ९ ठानामौलाका प्रकाश विश्वकर्माको गुनासो छ ।
आरनको लागि कोईला धेरै चाहिने भएपनि आरन व्यवसायीले वनमा रुख काट्न नपाउँदा समस्या भएको उनीहरुको गुनासो छ । आरनलाई आधुनिक र प्रविधियुक्त बनाउन व्यवसायीहरु सरकारकै बाटो हेरेर बसेका छन् ।