नीति तथा कार्यक्रममा क्रिकेटलाई विशेष प्राथमिकता

काठमाडौ । सरकारले काठमाडौंको मुलपानीमा निर्माणाधिन मुलपानी अन्तराष्ट्रिय क्रिकेट मैदानलाई दुई बर्ष भित्र सञ्चालनमा ल्याउने बताएको छ ।

गत बर्ष मुआब्जा विवाद समाधान गरेको सरकारले मैदानलाई दुई बर्ष भित्र सञ्चालनमा ल्याउने निति अघि सारेको हो । संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको अधिकांश बुँदामा क्रिकेट समावेश गरिएको छ ।

सरकारले क्रिकेटलाई उच्च प्राथमिकतामा राख्दै आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।

सरकारले निजि स्तरबाट सञ्चालन भईरहेका क्रिकेट प्रतियोगिता र पुर्वाधार निर्माणमा सहयोग गर्ने जनाएको छ ।घरेलु खेलकुदमा अन्तराष्ट्रिय सफलता हासिल गरेको क्रिकेट खेललाई बिशेष प्राथमिकतामा राखेको सरकारले क्रिकेट एकेडेमी बनाउने जस्ता महत्वकांक्षी योजना समेत अघि सारेको छ ।

सरकारले आवश्यक पुर्वाधार निर्माण समयमै सम्पन्न गरेर १३ आँै दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग यसै वर्ष भित्र सम्पन्न गरिने जनाएको छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..