फ्लोरिडामा १४३ यात्रु बोकेको बोइङ ७३७ विमान नदीमा खस्यो

फ्लोरिडा। फ्लोरिडाको ज्याक्सनभिले नेभल एयर स्टेशनमा बोइङ ७३७ विमान सेन्ट जोन नदीमा खसेको छ । विमान अवतरणको क्रममा रनवेबाट चिप्लिएर नदीमा खसेको थियो । विमानमा १४३ यात्रु सवार थिए । दुई यात्रु घाइते भएको र अन्य यात्रु सकुशल रहेको द गार्डियनको समाचारमा उल्लेख छ ।

शुक्रबार राती ल्याण्डिङको क्रममा दुर्घटना भएको बताइएको छ । विमान क्युबाबाट ज्याक्सनभिले आएको बताइएको छ । ज्याक्सनभिलेको एजेन्सीले सबै यात्रु सुरक्षित भएको जानकारी दिएको छ । विमानका १३६ यात्रु र बाँकी चालकदलका सदस्य थिए । स्थानीय मिडियाका अनुसार विमान ल्याण्ड गर्ने बेला त्यहाँ हावाहुरी र चट्याङ परिरहेको छ ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..