नयाँ शक्ति र फोरमबीच पार्टी एकता गर्ने सहमति, सोमबार घोषणासभा हुने

काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजबादी फोरमबीच एकता गर्ने सहमति भएको छ। शनिबार काठमाडौंमा बसेको दुई पार्टीको छलफलमा बैशाख २३ गते सोमबार एकता गर्ने सहमति छ । सहमतिपत्रमा दुवै पार्टीका अध्यक्षले हस्ताक्षर गरेका छन् ।

शुक्रबार मध्यरातसम्म नयाँ शक्तिको केन्द्रीय कार्यालयमा चलेको छलफलले एकताका बाँकी विषय टुंग्याएपछि, शनिबार सहमति भएको हो । एकीकृत पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ रहने सहमति भएको छ। एक नेताका अनुसार पार्टीको नयाँ विधान बनाइने र चुनाव चिह्न ‘तारा’ राख्न निर्वाचन आयोगलाई आग्रह गरिनेछ ।

पार्टीमा पहिलो वरियताको अध्यक्ष भट्टराई रहनेछन् भने दोस्रो वरियतामा यादव रहनेछन् । भट्टराई संघीय समितिको अध्यक्ष र यादव केन्द्रीय समितिको अध्यक्ष रहनेछन् । शनिबार नै दुवै पार्टीले केन्द्रीय समितिको बैठक बोलाएका छन् । बैठकमा दुवै पार्टीले केन्द्रीय समिति भंग गर्नेछन् ।

सोमबार एकता घोषणासभा राष्ट्रियसभामा आयोजना गरिने छ । घोषणासभापछि नयाँ केन्द्रीय समिति गठन गरिने छ ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..