दैनिक दिसा नलागेर हैरान हुनुहुन्छ, अपनाउनुस यस्तो घरेलु उपाय

हाम्रो स्वस्थ्य हाम्रै हातमा रहेको छ । हाम्रो स्वास्थ्यमा देखिने समस्यालाई समयमनै पहिचान गरी सहि उपाय अपनाउन सकेका हामी निरोगी भई लामो समयसम्म जीवन बिताउन सक्छौं ।

पछिल्लो समयमा शरीरमा देखापर्ने समस्या मध्ये सबैभन्दा शरीरलाई देखापर्ने समस्या पेटसगँ सम्बन्धी समस्या हो ।भनिन्छ, पेट सफा छ वा शरीरमा कुनै पनि किसिमको खराबीपना हुदैन् र अन्य रोगले हामीले सताउँदैन् ।

पेटमा खराबीपना देखापरेमा सुरुको अवस्थामा नियमित रुपमा दिसा नलाग्ने, एकदमै कम दिसा पटकपटक लागिरहने, पेट फुलेको वा डम्म भएको फिल हुने , खाना खाँदा पनि नखाँदा पनि पेटभारी हुने, काम प्रति जोश जागर नआउने, थकाई लाग्ने जस्ता समस्या देखापर्दछ ।

यस्ता समस्यालाई आमले सामान्य समस्या भनेर वास्ता गदैनन्, यसरी वास्था नगर्नु भनेको रोगलाई निम्तो दिनु भएकाले समस्याको समधान तर्फ अघि बढ्नुपर्दछ । पेटमा देखापर्ने समस्यालाई वास्था नगर्दा बिरामी बेडमै थलापला पर्दछन् ।

पेटमा खराबीपना भएमा ग्यास्ट्रिक, कब्जियत, अल्सर लगायतका अन्य रोगले समाउँछ ।सबैको चाहना सुन्दर बनौं भन्ने हुन्छ । सुन्दर रहनको लागी पनि पेटको महत्वपूर्ण भूमिका हुन्छ । पेटमा फोहोर वा खराबीपना छ भने त्वचामा पनि र कपालमा समस्या सिर्जना जस्तै त्वचामा कालो दाग धब्बा, कपाल झरेर पातलो हुने, कपाल वा अनुहार रुखो देखिने आदि ।

पेटलाई सदैव सफा राख्नको लागी जस्तो सुकै दिसालाई निकाल्न जरुरी छ । हामीेले उपचार विधि अपनाउदाँ सय प्रतिशत प्राकृतिक, लाभदायी विधि अपनाउनुपर्दछ । जसको कारणले गर्दा पुरै पेटलाई सफा बनाउन सकिनेछ । यस्ता छन्, पेट सफा गरी स्वस्थ रहने उपाय ।

१. बेलुका अपनाउने उपाय
दुईदुर्ई चम्चा ज्वानो र जीरालाई एक दुई मिनेट भुटेपछि धनिया लाई २ मिनेट भुटेर पिसेर पाउडर बनाई त्यसमा आधा चम्चा जति कालो नुन, बेसार, सुकेको पुदिनालाई हालेर मिक्स गरेपछि औषधी तयार हुन्छ ।
यसरी तयार पारेको औषधी रातीको खानापछि मनतातो पानीमा एक चम्चा हालेर सेलाएपछि सेवन गर्ने यसरी सेवन गर्नाले पेट पूर्ण रुपमा बिहान उठ्दा सफा हुन्छ ।

२. बिहान खाली पेटमा अपनाउने उपाय
एक गिलास मन तातो पानीमा एक चम्चा क्यस्टर ओइल, आधा कागतीको रस र थोरै नुन मिसाएर बिहान खाली पेटमा पिउँने । यसो गर्नाले दिसा खुलेर आउँछ । बिहान खाली पेटमा वर बेलुकाको खाना पछी मेवा खानाले पेट सफा हुने कारणले गर्दा मेवाको सिजनमा मेवाको सेवन गर्नुहोस् । यो तरिका हप्ताको ३ पटक जति अपनाएमा कुनै समस्या देखा पदैन् ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..