प्रहरीलाई घुस दिन खोज्ने बस चालक र सहचालक पक्राउ

भक्तपुर । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने बा.४ ख. ७११० नम्बरको बसका चालक भक्तपुर खरिपाटी बस्ने ३१ वर्षीय रुपेश कार्की र बसका सहचालक सोही ठाउँ बस्ने २० वर्षीय महेश खनाललाई बस सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

मध्यपुर ठिमी नगरपालिका-२ पेप्सी मनोहरा पुलस्थित सडकमा महानगरीय प्रही वृत्त ठिमीबाट खटिएको प्रहरीले उक्त यात्रुबाहक बसको कागजात जाँच गर्ने क्रममा बसका सहचालकले बस चलाई ल्याएको फेला परेपछि कारबाही गर्न खोज्दा २ सय ५० रुपैयाँ दिएर प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..