बाजुराको बुढीनन्दा नगरपालिकामा विद्युतको समस्या

बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिकामा करिव दुई महिना देखि बिद्युतको समस्या भएको छ ।

बर्षौदेखि हरेक समस्या झेल्दै आएका बुढीनन्दाबासी यसपटक पनि लामो समय देखि बिद्युतको समस्या झेल्दै आएका छन् । करिव दुई करोडको लागतमा निमार्ण गरिएको बड्डीगाढ लुघु जलबिद्युत आयोजनाको कहिले नहर भत्किने र कहिले मेसिन बिग्रिदा पटक, पटक बिद्युत सेवा अवरुद्ध हुने गरेको छ ।

कोल्टीमा लामो समयदेखि विद्युत सेवा अवरुद्ध हुदा दैनिक कामकाजहरु समेत ठप्प भएका छन् । ब्यापारी लाई व्यवसाय गर्नदेखि दैनिक गुजारा चलाउन समेत समस्या भएको गुनासो ब्यापारीको रहेको छ ।

विद्युतका कारणले सामान्य फोटोकपि गर्न देखि लिएर कम्प्युटर कक्षा संञ्चालन गर्न र विद्यार्थीलाई सिकाउनमा समेत प्रभाव परेको गुनासो सुनाउनुहुन्छ कोल्टीका स्थानीय ब्यापारी तथा जेशिश कम्प्युटर ईन्सिच्युटका संञ्चालक अग्निराज शाही ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..