प्रहरीले अपहरणकारी पत्ता लगाउन नसकेको भन्दै रौतहटमा प्रदर्शन

रौतहट । रौतहटका व्यापारी श्री भगवान साहका आफन्त र स्थानीयवासीहरुले आज गौर चन्द्रनिगहापुर सडकखण्डको झाँझपुलमा चक्का जाम गर्दै प्रदर्शन गरेका छन् ।

रौतहटको कटहरिया नगरपालिका वडा नं ५ कटहरियाका व्यापारी श्री भगवान साह अपहरणमा परेको ५ दिन बितिसक्दा पनि प्रहरीले अझै अपहरणकारीलाई पता लगाउन नसकेको भन्दै साहका आफन्त एवम स्थानीयवासीहरुले आक्रोसित हुँदै विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरुले साहका अपहरणकारीलाई तुरुन्त सार्वजनिक गर्नुपर्ने माग राख्दै आज विहान साढे ११ बजेदेखी ३ घण्टा गौर चन्द्रनिगाहपुर सडकखण्डको झाँझपुलमा प्रदर्शन गरेका छन् । अपहरणकारीलाई पता लगाउनको लागि प्रहरीले तिन दिन समय मागेपछि प्रदर्शनकारीहरुले आन्दोलन रोकेका हुन् ।

व्यापारी साहलाई गत बैशाख १७ गते रौतहटकै गरुडाबाट अपहरण गरिएको थियो । गरुडामा पैसा लिनको लागि मोटरसाइकलबाट आएको अवस्थामा साहलाई अपहरण गरिएको बताइएको छ ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..