हुम्लाको ताँजकोटमा फैलिएको रोग मौसमी रुघाखोकी पुष्टि

सिमकोट । हुम्लाको ताँजकोट गाउँपालिकामा केही दिन यता फैलिएको संक्रमण अज्ञात रोग नभई मौसमी रुघाखोकी भएको पुष्टि भएको छ ।

मौसम परिवर्तनका कारण मानिसलाई रुघाखोकी बढेको हुनसक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर विवेक कुमार लालले जानकारी दिनुभयो । रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर लालका अनुसार ताँजकोट गाउँपालिकाका १, ३ र ४ मा फैलिएको सो रोगबाट ग्रसित सय बढी मानिसको गाउँमै स्वास्थ्यकर्मी पुगरे उपचार गराइएको छ ।

रुघाखोकी पूर्ण रुपमा नियन्त्रणमा नआउदासम्मका लागि गाउँमा स्वाथ्यकर्मीहरु खटिएका छन् । तीन सातासम्म फैलिएको रोग मौसमी रुघाखोकी भएको पत्ता लागेको पनि डा. लालले जानकारी दिनुभयो ।

रोग प्रभावित क्षेत्र ताँजाकोटबाट काठमाडौ पठाइएका नमूनाहरुको परीक्षण गर्दा मौसमी रुघाखोकी भएको पत्ता लागेको हो । चैत्र अन्तिम साताबाट फैलिएको रोगका कारण १० जनाको मृत्यु भएको थियो । ७ सय ४६ जना उपचार गरिएका मध्ये २ सय ३९ जनामा प्रत्यक्ष यो रोग भेटिएको कर्णाली प्रदेश रोग नियन्त्रण महाशाखाका सम्पर्क ब्यक्ति केशब आचार्यले बताउनु भयो ।

रोग फैलिए पछि गृह मन्त्रालयको समन्वयमा कर्णाली प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयबाट बिशेषज्ञ डाक्टर केएन पौडेल , डाक्टर टेकराज भट्राई, डाक्टर केशब अधिकारी र मुगुबाट डाक्टर मनोज तिमिल्सना सहित स्वास्थ्यकर्मीको टोली रोग प्रभाबित क्षेत्रमा आएर उपचार गरेको थियो । हुम्लामा विषेश गरी रुघाखोकी, झाडापखाला, र भाइरल ज्वरो नै महामरीका रुपमा फैलिने गरेको छ ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..