आर्मीलाई कर्णाली प्रिमियर लिग क्रिकेटको उपाधि

काठमाडौ । सुर्खेतमा जारी कर्णाली प्रिमियर लिग क्रिकेटको उपाधि विभागीय टिम आर्मीले जितेको छ ।

आज भएको फाइनलमा बुटवलको न्यु होराइजनलाई ५९ रनले पराजित गर्दै आर्मीले लगातार दोस्रो पटक उपाधि जितेको हो । उपाधि सहित आर्मीले ५ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता होराइजनले २ लाखमा प्राप्त ग-यो ।

१ सय ४६ रनको लक्ष्य पछ्याएको होराइजन १८ ओभर ३ बलमा ८७ रनमा समेटियो । आर्मीका जितेन्द्र मुखिया र शाहब आलमले समान ३/३ विकेट हात पारे ।

टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा ६ विकेट गुमाउदै १ सय ४६ रन बनाएको थियो । फाइनल खेलका म्यान अफ द म्याच आर्मीका हरि बहादुर चौहान घोषित हुनुभयो ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..