
काठमाडौ । सत्तारुढ नेकपा संसदीय दलको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रयोग गरेको ‘मेरो सरकार’ भन्ने शब्दका विषयमा छलफल भएको छ ।
संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा नीति तथा कार्यक्रमका बारेमा विचार राख्नका लागि धेरै सांसदले हात उठाएका भए पनि चारजनाले मात्र बोल्ने मौका पाएका थिए ।
उनीहरूले राष्ट्रपतिले ‘मेरो सरकार’ भन्ने शब्द प्रयोग नगरेको भए राम्रो हुने विचार राखेका थिए । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो सरकार’ भन्ने संसारभरको प्रचलन भएको भन्दै राष्ट्रपतिको बचाउ गर्नु भएको एक सांसदले बताए ।
२५ गते बस्ने संसदीय दलको बैठकमा यसबारेमा विस्तृत छलफल गर्ने दुवै अध्यक्षले आश्वासन दिएको नेताहरूले बताएका छन् ।