जापानले पठायो अन्तरिक्षमा मानवरिहत रकेट !

काठमाडौं, २१ वैशाख । जापानको एक एयरोस्पेस स्टार्टअप कम्पनीले अन्तरिक्षमा १० मिटर लामो र ५० सेन्टिमिटर व्यास रहेको रकेटको सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

इन्टरस्टेलर टेक्नोलोजी कर्पाेरेशनका अनुसार, मानवरिहत मोमो३ रकेट प्रशान्त महासागरमा खस्नु अघि एक सय किलोमिटर (६० माइल) उचाइसम्म पुगेको थियो ।

कम्पनीले एक व्यवसायिक रकेट अन्तरिक्षसम्म पुग्न सक्ने कुरालाई यो रकेट प्रक्षेपणले साबित गरेको जनाएको छ । रकेटको तौल झण्डै एक टन रहेको छ । रकेट पेलोड (अन्तरिक्ष उपकरण) को कक्षामा छोड्न सक्षम छ ।

सन् २०१७  र २०१८ मा दुई पटक असफलतापछि कम्पनीले शनिबार निकै ठूलो उपलब्धी हासिल गरिएको बताएको हो । यो निजीस्तरमा विकसित गरिएको अन्तरिक्षसम्म पुग्न सक्ने जापानको पहिलो रकेट बताईएको छ ।

लाइभडोर कम्पनीका पूर्व अध्यक्ष ताकाफुमी होरीले सन् २०१३ मा स्थापना गरेको कम्पनीको उद्देश्य उपग्रहहरुलाई अन्तरिक्षमा लैजानका लागि कम लागतमा व्यवसायिक रकेट बनाउनु हो । एजेन्सी

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..