२०७६/२०७७ को बजेटः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई ४६ अर्ब सिलिङ

काठमाडौ । सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई ४६ अर्ब ७० करोड रुपिया बराबरको बजेट सिलिङ दिएको छ । यो बजेटको सिलिङ संघीय सरकारको लागि मात्रै हो ।

प्रदेश र स्थानीय तहका लागि छुट्टै बजेट व्यवस्था गर्ने तयारी गरिएको छ । मन्त्रालयले संघअन्तर्गत रहेका निकाय र परियोजनामा खर्च गर्ने गरी बजेटको निर्माण गरिरहेको छ ।

मन्त्रालयले तयार गरेको सिलिङको आधारमा प्रदेश र स्थानीय सरकारलाई सरकारले थप बजेट उपलब्ध गराउने छ । मन्त्रालयले शिक्षक पेन्सन, उपदान, अस्थायी शिक्षकको अवकाश, औषधी उपचार, निवृतिभरण शिर्षकमा सबैभन्दा बढी करिब १५ अर्ब तथा उच्च शिक्षा र उच्च शिक्षाको परियोजनातर्फ करिब १४ अर्ब रुपिया बजेट छुट्याएको छ ।

यो बजेट सबै विश्वविद्यालय, उच्च शिक्षा परियोजनामा खर्च हुने बताइएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..