सरकारले फलामखानीको सम्भाव्यता अध्ययन गर्ने

पर्वत । पर्वतको फलामखानी सम्बन्धी समाचार सञ्चारमाध्यमले प्रकाशन र प्रसारण गरेर सरकारलाई दवाव दिएपछि सरकारले फलामखानीको सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

२०१८ सालदेखि बन्द रहेको फलामखानी सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्ने भएको हो । पर्वतको महाशिला गाउँपालिका ६ फलामखानी गाउँमा रहेको फलामखानीको सम्भाव्यता अध्ययन गर्ने विषय सरकारले आफ्नो नीति तथा कार्यक्रममा समेटेको छ ।

सरकारले शुक्रबार संसदमा पेस गरेको नीति तथा कार्यक्रममा पर्वतको फलामखानीबाट फलाम उत्खनन् गर्न सम्भाव्यता अध्ययन गरी सञ्चालनमा ल्याउने उल्लेख गरेपछि त्यसक्षेत्रका बासिन्दा खुसी भएका छन् ।

फलामखानी बन्द रहेको र सञ्चालन गर्नुपर्ने स्थानीयको मागका विषयमा सीआईएनले खोज रिपोर्ट प्रशारण गरेको थियो ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..