पाल्पामा आठ खुट्टा भएको अनौठो पाठो !

काठमाडौं । पाल्पाको रामपुरमा आठ खुट्टा भएको अनौठो प्रकृतिको बाख्रा आईतबार बिहान करीब ९ बजेतिर जन्मिएको छ । रामपुर नगरपालिका–६ तालपोखरा बस्ने कृषक गोविन्दबहादुर घर्ती र हरिमाया घर्तीको घरमा पालिएको बाख्राले आठ खुट्टा भएको बाख्रा जन्माएको हो ।

एक टाउको, छातीबाट तल दुई भाग फाटेर छुट्टिएको, चार कान भएको, पाठापाठी नचिनिने खालको जिउँदो पाठो जन्मिएको हो । अनौठो खालको बाख्रा हेर्नेको भीड लागेको थियो । “सँगै जन्मिएका दुई वटा पाठा भने राम्रै जन्मिएको छ, एउटा चाहिँ अचम्मको जन्मियो”, गोविन्दबहादुर घर्तीले भने। जन्मिएको डेढ घण्टामा अनौठो पाठो मरेको छ । रासस

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..