नीति तथा कार्यक्रममाथिको छलफल सुरु

काठमाडौ । संघीय संसदमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल सुरु भएको छ ।

नीति तथा कार्यक्रमको छलफलमा भाग लिदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको काम गर्ने शैलीबाट जनताले ठगिएको महशुस गरेका बताउनुभयो । सभापति देउवाले आफ्नो सरकारले ल्याएका कार्यक्रमलाई अहिलेको सरकारले आफूले ल्याएझैँ गरी प्रचार गरिरहेको आरोप लगाउनुभयो । सभापति देउवाले प्रधानमन्त्री रोजगार कार्यक्रम आफूले ल्याएको दाबी गर्नुभयो ।

उहाँले महँगी र भ्रष्टाचार बढेको आरोप लगाउदै संवैधानिक निकायमा सरकारबाट व्यापक हस्तक्षेप र अधिकार कटौती गरिएको दाबी पनि गर्नुभयो ।

यस्तै काँग्रेस नेता मीनेन्द्र रिजालले नीति तथा कार्यक्रममा प्रयोग भएको मेरो सरकार भन्ने शब्दावलीले शाहीकालिन झल्को दिएको भन्दै सच्याउन आग्रह गर्नुभयो । राजपा नेता राजेन्द्र महतो तथा लक्ष्मणलाल कर्णले सरकारले आफूहरुको माग र आन्दोलनलाइ नजरअन्दाज गरेको भन्दै आपति जनाउनुभयो ।

कृषि, उद्योग, रोजगारीको बिषयलाइ सरकारले केन्द्रमा नराखेको राजपा नेताहरुको भनाइ थियो । नेकपाका सांसद अग्नि सापकोटाले सरकारले ल्याएको नीति तथा कार्यक्रम अत्यन्तै राम्रो भएको तर कार्यान्वयनमा भने चुनौति रहेको बताउनुभयो ।

अन्य सांसदहरुले पनि सरकारले पछाडी परेका, कृषक तथा मजदुरहरुलाइ केन्द्रमा राखेर बजेट ल्याउन नसकेको भन्दै सच्चयाउन माग गरेका छन् । नीति तथा कार्यक्रम माथीको छलफल अहिले पनि जारी छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..