विपद् व्यवस्थापनको पूर्वतयारीमा जुट्न सम्बन्धित निकायलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् व्यवस्थापनको पूर्वतयारीमा जुट्न सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको छ ।

जल तथा मौसम विज्ञान विभागले आँधी, हुरी र वर्षाजस्ता प्राकृतिक प्रकोप आइपर्ने चेतावनी दिइरहेका बेला प्रधानमन्त्री ओलीले त्यसको व्यवस्थापन हुनेगरी पूर्वतयारी गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको हो ।

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आयोजित विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको दोस्रो बैठकमा उहाँले विपत्तिका बेला राहत तथा उद्धार र त्यसका लागि आवश्यक सबै उपकरणहरुको व्यवस्था गर्न पनि संघ, प्रदेश र स्थानीय सबै तहका सरकारलाई सचेत गराउनुभयो ।

विपद् व्यवस्थापनका लागि आवश्यक सबै खालको पूर्वतयारीमा जुट्न प्रधानमन्त्री ओलीले संघ, प्रदेश र स्थानीय तहका सम्बन्धित निकायलाई निर्देशन दिएको गृह सचिव प्रेमकुमार राईले जानकारी दिनुभयो ।

बैठकमा प्रदेश सरकारका मुख्यमन्त्रीहरूले पनि आ– आफ्नो प्रदेशका विपदको सम्भावना र व्यवस्थापनका लागि गरिएको प्रयासबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..