
ढाका । भारतको हिन्द महासागरको तटवर्ती क्षेत्र हुँदै बंगलादेश प्रवेश गरेको शक्तिशाली समुद्री आँधी ‘फानी’का कारण बंगलादेशमा पाँच जनाको मृत्यु भएको छ ।
आँधीमा परेर बंगलादेशमा ६० जनाभन्दा बढी घाइते भएका छन् भने आँधीले एक हजारभन्दा बढी घर ध्वस्त बनाइदिएको छ ।
बंगालको खाडीबाट प्रतिघन्टा झन्डै २ सय किलोमिटरको बेगमा आँधी भारतको ओडिसा राज्य हुँदै बंगलादेश पुगेको हो । यसअघि, यो आँधीले भारतमा १६ जनाको मृत्यु भएको थियो ।