सैन्य हेलिकप्टर दुर्घटना, हेलिकप्टरमा सवार सबैको मृत्यु

Military helicopter crash

काठमाडौं, २१ वैशाख । भेनेजुएलाको राजधानी काराकासनजिक सैन्य हेलिकप्टर दुर्घटना भएको छ।

 हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै सातजनाको मृत्यु भएको त्यहाँको रक्षा मन्त्रालयले एक वक्तव्य जारी गरेर जनाएको छ ।

हेलिकप्टर काराकासबाट पश्चिमी राज्य कोहेडेसका लागि उड्न लाग्दा जमीनमा जोतिन पुगेको वक्तव्यमा उल्लिख गरिएको छ । अधिकारीहरूले दुर्घटनाको कारणका विषयमा अनुसन्धान गरिरहेका बताइएको छ।

राष्ट्रपति निकोलास मडुरो शनिवार सेनाको तालिम हेनै कोहेडेस पुगेका थिए । उनले टेलिभिजनबाट सम्बोधन गर्दै भेनेजुएलाको सेना अमेरिकी जोखिमको सामना गर्न तयार रहेको बताएका छन् ।

मडुरोले आफू विरुद्ध अमेरिकी सरकारले कू गराउनका लागि विपक्षी नेता खुवान गुआइडोलाई उचालेको आरोप लगाउँदै आएका छन् । गुआइडोले मडुरो अवैध राष्ट्रपति भएको भन्दै आफैंलाई राष्ट्रपति घोषणा गरेका छन् । बीबीसीबाट

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..