नेपाली जुत्ता चप्पलको ‘सेल–मेला’ सधैंका लागि बन्द !

काठमाडौं, २१ वैशाख ।  काठमाडौंको भृकुटीमण्डपस्थित् सानो चौरमा संचालन हुँदै आएको स्वदेशी नेपाली जुत्ता चप्पल तथा फुटवेयर वस्तुहरुको सेलमेलाआईतबारबाट खुद्रा व्यापारीहरु मारमा पर्ने भनि सधैंका लागि बन्द गरिएको छ ।

जुत्ता उद्योगीहरुले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी खुद्रा व्यापारीहरुको मागलाई समेत ध्यानमा राखेर सो सेल मेलासधैंका लागि बन्द गर्ने निर्णय गरिएको जानकारी दिएका छन् ।

खुद्रा व्यापारीहरु मारमा पर्ने भएपछि सो सेल मेलाअब सञ्चालन नगर्ने निर्णयमा पुगिएको फुटवेयर म्यानुफ्याक्चर्स एशोसियसन नेपालका पूर्व अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिएका हुन् । उनले मेलामा विदेशी जुत्ता समेत विक्री हुन थालेपछि सो विकृतिलाई रोक्न पनि सेल मेला सञ्चालन बन्द गर्नु परेको पनि स्पष्ट पारेका थिए ।

पूर्वअध्यक्ष उपाध्यायले वर्षमा बढिमा २ पटकसम्म भने स्वदेशी जुत्ता मेला संचालन गर्ने पनि स्पष्ट पारे । नेपालमा २०५९ सालदेखि स्वदेशी जुत्ता मेला आयोजना हुँदै आएको छ ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..