मुस्ताङमा पर्यटकको चहलपहल बढ्दै

पर्वत । जाडो बढेसंगै सुनसान जस्तै रहेको मुस्ताङमा चहलपहल बढ्न थालेको छ । गर्मी बढ्न थालेपछि जमेको हिउँ पग्लिँदै गएको छ भने सडक यात्रा सहज बन्न थालेको छ । मौसम परिवर्तन संगै मुस्ताङ आवागमन पुन ः शुरु भएको छ ।

चिसो बढेपछि बेशी झरेका स्थानीय बासिन्दा गर्मी चढ्न थालेपछि पनि गाउँ फर्किन थालेका छन् । उपल्लो मुस्ताङ बाहेक अन्य ठाउँको मौसम सामान्य बन्दै गएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताउनुभयो ।

सडक सहज र मौसममा सुधार भएपछि कागबेनी र मुक्तिनाथ जाने तिर्थालुहरुले भीड बढ्न थालेको प्रजिअ क्षेत्रीले बताउनुभयो । बेनी– जोमसोम सडकमा हिउँ जमेर यात्रा गर्न अप्ठ्यारो थियो । हिउँ पग्लेपछि सडक सहज भएको छ । बेनी–जोमसोम सडकमा निर्माण भइरहेकाले यात्रुको सुविधाका लागि गाडी पास हुने समयतालिका मिलाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी क्षत्रीले बताउनुभयो ।

मुक्तिनाथ समेत मुस्ताङको तल्लो क्षेत्रमा अब तेस्रो मुलुक र भारतीय पर्यटकको चाप सुरु भएको छ । रामनवमीको समय भएकाले आन्तरिक पर्यटक पनि बढेका छन् । फागुन– वैशाख पदयात्रा सिजन भएकाले राउन्ड अन्नपूर्ण पदमार्गको उत्कृष्ट गन्तब्य थोराङला पासमुनिको मुक्तिनाथ, जोमसोममा बाह्य पर्यटकको आवागमन बढेको छ ।

बौद्ध तथा हिन्दू धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथ दर्शन गर्न पोखरा, काठमाडौं, बुटवल, हेटौंडा, विराटनगरलगायत देशका विभिन्न ठाउँबाट मुस्ताङ आउनेको संख्या बढेको हो ।

 

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..