मुम्बई आईपीएलको क्वालिफायरमा, कोलकाता प्रतियोगिताबाट बाहिरियो

काठमाडौ । ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा किंग्स इलेभन पञ्जाव र मुम्बई इन्डियन्स विजयी भएको छ ।

हिजो भएको पहिलो खेलमा शीर्ष स्थानको चेन्नईलाई पञ्जाबले ६ विकेटले पराजीत गरेको हो । १ सय ७१ रनको लक्ष्य पञ्छ्याएको पञ्जावले १८ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा ग-यो । यसअघि टर हारेर सुरुमा ब्याटिङ गरेको चेन्नईले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो ।

यस्तै हिजै भएको अर्को खेलबाट मुम्बई ईन्डियन्स आईपीएलको पहिलो क्वालिफायरमा पुगेको छ । लिग चरणको अन्तिम खेलमा कोलकत्ता नाइट राइडर्सलाई ९ विकेटले पराजित गर्दै मुम्बईले चेन्नईसँग पहिलो क्वालिफायर खेल निश्चित गरेको हो ।

१ सय ३४ रनको लक्ष्य पाएको मुम्बईले १६ दशमलव १ ओभरमा मात्र एक विकेट गुमाएर पुरा ग¥यो । निर्णायक खेलमा पराजित हुँदै कोलकत्ता प्रतियोगिताबाट बाहिरिएको छ । कोलकत्ता पराजय हुँदा सनराइजर्स हैदरावाद भने प्लेअफमा छनोट भएको छ ।

कोलकाता र हैदरावादको समान १२ अङ्क भएपनि नेट रनरेटका आधारमा हैदरावाद प्लेअफमा छानिएको हो । यसअघि, मुम्बईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको कोलकाताले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ३३ रन मात्र बनाउन सक्यो ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..