थप एक जना सुत्केरीको हेलिकोप्टरबाट उद्दार

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पहलमा थप एक जना सुत्केरीको उद्दार गरिएको छ ।

कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ५ मेहलमुडीका २२ वर्षका स्वस्तिका बमको उद्दार गरिएको मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव खेम सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार बमलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरी सुर्खेतमा रहेको प्रदेश अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । शनिबार दिउँसोबाट सुत्केरी व्यथा लागेको बलमे बच्चा जन्माउन नसकेपछि प्रदेश सरकारले उद्दार गरेको हो ।

कर्णालीका विकट क्षेत्रबाट प्रदेश सरकारले सुत्केरीको ज्यान बचाउन हेलिकप्टर चार्टर गर्दै आइरहेको छ । यसअघि विहिबार मात्रै हुम्लाका दुई जना सुत्केरीको उद्दार गरिएको थियो ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..