ढाड दुख्ने समस्या छ थाहा पाइराख्नुस समाधानको यस्तो उपाय

सुविधाको खोजीमा हिजोआज हामीमध्ये अधिकांशले लगभग हिँड्न छोडिसकेका छौं । सहरतिर मात्र नभएर ग्रामिण क्षेत्रमा पनि एकै ठाउँमा बसेर लामो समय टीभी हेर्ने, कम्प्युटर चलाउने, ल्यापटपमा बस्ने, मोबाइल खेलाउने प्रचलन बढ्दो छ । लामो समयसम्म एकै ठाउँमा बसिरहँदा ढाडमा भार पर्छ । हिँड्ने भन्दा गाडी चढ्ने चलन बढ्दो छ । यसले शरीरमा चाहिने भन्दा रक्त सञ्चालन कम हुने, मांसपेशीहरू एउटै स्थितिमा रहँदा–बस्दा शरीरभित्रबाट हुने विभिन्न शारीरिक प्रक्रियाका कारण शरीरमा विषादी तत्व जम्मा हुन्छ । विषादी तत्व जम्मा भएका ठाउँमा दुखाइ महसुुस हुन सक्छ ।

मजबमहलचल नगरेर बस्दा ढाडका मांसपेशीमा रक्त सञ्चालन र अक्सिजन पनि कम हुन्छ । यसले मांसपेशी विस्तारै कमजोर हुँदै जान्छ र काम गर्ने शक्ति क्षीण हुन्छ । शक्ति क्षीण भएको बेलामा कुनै झट्का लाग्यो भने बेस्सरी ढाड दुख्छ । कहिलेकाहीँ यो दुखाइ यति तीव्र हुन्छ कि सहन नसकेर आँखाबाट आँसु नै आउँछ । यस्तो बेलामा बस्न, कोल्टे फर्कन, हलचल गर्न सकिँदैन । यो अवस्था केही समयपछि आफैं ठीक हुनेगर्छ । यस्तो बेलामा नै तपार्इँंले केही समस्या छ भनेर विचार गर्नुभयो भने पछि हुने असाध्य वेदनाबाट बच्न सक्नुहुन्छ ।

पिसाबको थैली, नली वा मिर्गौलाको संक्रमण हुँदा पनि ढाड दुख्ने समस्या हुन्छ । पिसाबमा संक्रमण भएमा ढाड मात्र दुख्दैन, ज्वरो आउने, पिसाब पोल्ने, वाकवाक लाग्ने आदि हुने गर्छ । यो कुराको जानकारी तपाईंलाई हुन आवश्यक छ । केही व्यक्तिलाई मानसिक तनाव भएको बेलामा ढाड दुख्ने गर्छ । कहिलेकाहीँ कोही मानिस ढाड दुख्दा क्यान्सर भयो वा हड्डी खुस्क्यो कि भन्नेसम्म सोच्ने गर्छन् । तर प्रायः समस्या त्यति जटिल हुँदैनन् । यस्तो खालको सोचाइ राख्ने मानिस डरको कारणले समस्यालाई झनै गम्भीर बनाइरहेको हुन्छ ।

ढाड दुखाइबाट बच्ने उपाय चिकित्सकहरूका अनुसार ढाड दुखेर आउने बिरामीमध्ये ९० प्रतिशतलाई कुनै शल्यक्रियाको जरुरत हुँदैन । औषधि र आरामले मात्र पनि त्यस्ता बिरामीहरू ठीक हुन्छन् । केवल १० प्रतिशत बिरामीलाई मात्र शल्यक्रियाको आवश्यकता पर्दछ । ढाड दुख्ने मुख्य कारणहरूमा नराम्रो तरिकाको बसाइ, बढी मोटोपन र अहिलेको व्यस्त जीवनमा कसरतको अभाव मुख्य हुन् । ढाड दुख्नुको मतलव ढाडको मांसपेशीका तन्तुहरू कमजोर हुनु हो । ती तन्तुहरू कमजोर हुँदा उभिँदाखेरि गुरुत्वाकर्षणका कारणले ढाड दुख्छ । यस्तो अवस्थामा सबैभन्दा महत्वपूर्ण कुरा ती तन्तुहरूलाई आराम दिनु हो । जुन ओछ्यानमा सुतेरमात्र सम्भव हुन्छ । सुत्दा ओछ्यान अत्यन्त कडा हुनुपर्छ भन्ने छैन ।

तर आराम पूर्णरूपमा सुतेर नै गर्नुपर्ने हुन्छ । यस्तो बेलामा दुखाइ कम गर्ने औषधि पनि सेवन गर्न सकिन्छ । चिकित्सकको सल्लाहमा मात्रै त्यस्ता औषधि सेवन गर्नु जाति हुन्छ । तर उठेर काम गर्न थालेपछि भने सावधानी अपनाउनुपर्छ । प्रायः ६ हप्तापछि कमजोर मांसपेशी सम्पूर्ण रूपमा ठीक भइसक्छ । यसो गर्दा पनि ढाड दुख्ने समस्याबाट छुटकारा मिलेन भने अरू कुनै समस्या छ कि भनेर सोच्नुपर्ने हुन्छ ।

तर ९० प्रतिशत ढाडका रोगीहरूलाई प्रायः आराम र दुखाइ कम गर्ने औषधिले नै ठीक गरेको पाइन्छ । औषधि उपचारका साथै तातो पानीले सेक्नाले, नुहाउनाले पनि दुखाइ कम गर्ने महत्वपूर्ण भूमिका खेलेको हुन्छ । तातो पानीले दुखेको मांसपेशीको कसाइलाई पनि कम गर्छ । हामीले विशेष बुझ्नुपर्ने कुरा भनेको टीभीमा विज्ञापन देखाइने विभिन्न मलमहरू लगाउनाले ढाड दुख्ने समस्यामा तुरुन्त आराम भइहाल्छ भन्ने कुरामा वैज्ञानिक तथ्य छैन ।

ती महँगा मल्हमहरूको सट्टा तोरीको तेल लगाए पनि उस्तै काम गर्छ । दुखेको ठाउँमा हल्का मालिस गर्नाले पनि त्यहाँ तातोपन पैदा भएर मासंपेशीको कसाइ कम हुन जान्छ । यसले दुखाइ कम हुनमा मद्दत गर्छ । धेरैजसो रोगीहरू स्वास्थ्यकर्मीकहाँ आउँदा एक्सरे लिएर आउँछन् । वास्तवमा ढाड दुख्नेबित्तिकै एक्सरे गरिहाल्नुपर्ने आवश्यकता छैन । केही दिन आराम गरेर औषधि खाँदा पनि दुखाइ कम भएन भनेमात्र एक्सरे र अन्य जाँच गर्नुपर्ने हुन्छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..