यस्ता छन् गणतन्त्र दिवस–२०७६ को कार्यक्रम

कार्यक्रम अनुसार गणतन्त्र दिवसको मुख्य दिन जेठ १५ गते काठमाडौंको टुँडिखेलस्थित सैनिक मंचमा विशेष कार्यक्रम आयोजना गरिनेछ। राष्ट्रपति विद्या भण्डारी प्रमुख अतिथि रहने सो कार्यक्रममा गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन्।

कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरबाट ‘गणतन्त्र दिवस–२०७६’ लेखिएको अंकित व्यानर प्रर्दशन गर्दै पुष्प वृष्टि गर्ने कार्यक्रम रहेको पनि गृह सचिव प्रेमकुमार राईले जानकारी दिए। त्यसैगरी कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्काउटले मार्च पास गर्ने, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका तथा काठमाडौं उपत्यकाका अन्य नगरपालिकाहरुले पनि सांस्कृतिक झाँकीहरु प्रस्तुत गर्ने कार्यक्रम पनि तय गरिएको छ। गणतन्त्र दिवसको सोही दिन साँझ दिपावली पनि गरिनेछ।

गणतन्त्र दिवसको अघिल्लो दिन जेठ १४ गते सबै तहको सरकारले आफ्ना कार्यालयहरुमा राष्ट्रिय झण्डा र व्यानर सजाई नगरको सफाई र श्रृंगार गर्नुपर्नेछ। त्यसैगरी सोही अवसरमा आम नागरिकलाई घरघरमा सरसफाई र साँझ दिपावली गर्न अनुरोध गर्ने कार्यक्रम पनि तय गरिएको गृह सचिव राईले बताए।

जेठ १६ गते सबै जिल्लाहरुमा वृक्षारोपण लगायतका कार्यक्रम आयोजना गरि गणतन्त्र दिवस मनाईने गणतन्त्र दिवस–२०७६ को कार्यक्रममा उल्लेख गरिएको छ । गृह सचिव राईले गणतन्त्र दिवसको अवसर पारेर विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासहरुमा गणतन्त्र दिवस विविध कार्यक्रमसहित जेठ १४, १५ र १६ गते तीन दिनसम्म भव्य रुपमा मनाउने र साँझ दिपावली गर्ने कार्यक्रम समेत रहेको बताए।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..