गणतन्त्र लोकतन्त्रको वास्तविक स्वरुपः प्रधानमन्त्री ओली

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र लोकतन्त्रको वास्तविक स्वरुप भएको बताउनुभएको छ ।

गणतन्त्र दिवस मुल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै आज प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री ओलीले गणतन्त्रलाई जनताको दिवस बनाउनु पर्ने पनि धारणा राख्नुभयो ।

यस दिवसलाई गाउँगाउँ र घरघरमा समेत मनाउने गरी तयारी गर्नुपर्दछ, ओलीले भन्नुभयो यो जनताको दिवस हो । प्रधानमन्त्री ओलीले नेपालमा २००७ सालभन्दा अघि देखि नै गणतन्त्रका लागि संघर्ष भएको बताउनुभयो ।

कुनै बेला राजा बन्न पनि गणतान्त्रिक अभ्यास हुने गरेको स्मरण गर्दै ओलीले पछिका शासकलाई जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त ल्याएर गणतान्त्रिक मान्यता तोडेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसका अवसरमा देशलाई अग्रगामी बाटो तर्फ लैजाने गरी बहस हुनु पर्ने पनि बताउनुभयो ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..