
काबुल ।अफगानिस्तानमा तालिवानी विद्रोही समुहले गरेको आक्रमणमा परि १३ जनाको मृत्यु भएको छ ।
अफगानिस्तानको पुल ए खुमरीमा रहेको प्रहरी चौकीमा विस्फोटक पदार्थले भरिएको गाडी ठोक्काएर विस्फोट गराइएको हो ।
झडपमा दर्जनौ घाइते भएका छन् । अफगान सरकारले युद्धविरामका लागि गरेको आग्रह अस्वीकार गरेको केही समयपछि प्रहरी चौकी लक्षित आक्रमण भएको हो ।