विभागीय टोलीको विजयी सुरुवात

ताप्लेजुङ । ताप्लेजुङमा जारी तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विभागीय टोलीले वियजी सुरुवात गरेका छन् ।

मैवाखोला गाउँपालिकाको केन्द्र साँघुस्थित नारायणी माविको खेल मैदानमा आज भएको पहिलो खेलमा साविक विजेता नेपाल पुलिस क्लबले प्रदेश नं १ लाई पराजित ग¥यो । पाँच जना राष्ट्रिय खेलाडीसहित मैदानमा उत्रिएको पुलिसले प्रदेश नं १ लाई २५–८, २५–१८ र २५–९ को सोझो सेटमा पराजित गरेको हो ।

यस्तै शसस्त्र प्रहरीको एपिएफ क्लवले प्रदेश नं ३ लाई पराजित गर्दा नेपाल आर्मीले त्रिभुवन विश्वविद्यालयको टिमलाई स्तब्ध बनायो ।

एपिएफले प्रदेश नं ३ लाई २५–१६, २५–१५, २६–२४ तथा आर्मीले २५–१३, २५–१३ र २५–१५ को सोझो सेटमा विश्वविद्यालयलाई पराजित गरेको हो । गण्डकी प्रदेशले पनि क्वाटरफाइनलमा स्थान बनाएको छ ।

क्षेत्रिय टिममा गण्डकी प्रदेशले मात्रै सुखद सुरुवात गरेको छ । गण्डाकीले प्रदेश नं २ लाई २५–१६, २५–१५ र २५–१६ को सेटमा हरायो । ‘पर्यटन प्रवर्द्धनका लागि भलिबल’ नारासहित जारी प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

विजेताले नगद ३ लाख ५१ हजार ५ सय प्राप्त र उपविजेताले १ लाख ७६ हजार २ सय ५१ नगद पुरस्कार प्राप्त गर्नेछन् । सेमिफाइनलमा पराजित दुई टोलीले नगद ५०–५० हजार पाउने आयोजकले जनाएको छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..