भाइरलको प्रकोप फैलिन नदिन मुगु उच्च सतर्कता

मुगु । जिल्ला स्थास्थ्य कार्यलय मुगुले भाईरलको प्रकोप फैलिन नदिन उच्च सर्तकता अपनाएको छ ।

केहि हप्तादेखि छिमिकी जिल्लामा भाइरल ज्वरोको प्रकोप फैलीरहेका बेला त्यस बाट बच्न मुगुमा भने उच्च सर्तकता अपननाईएको हो । छिमेकी जिल्ला हुम्ला, बाजुरामा भाईरल ज्वरोका बिरामी भेटिएकाले त्यो प्रकोप मुगुसम्म आउन सक्ने भन्दै सर्वसाधारणमा उच्च सर्तकता अपनाउन आग्रह गरिएको छ ।

भाइरल हावाको माध्यमबाट एक ठाउँबाट अर्को ठाउँ र एक व्यक्तिबाट अर्को व्यक्तिसम्म हावाको माध्यमबाट श्वास प्रश्वासको माध्यमबाट भाईरलको प्रकोप सर्ने भएकाले सचेत रहन र सरसफाईमा ध्यान दिन जिल्ला स्वास्थ्य कार्यालय मुगुले आग्रह गरेको छ ।

भाइरलको प्रकोपबाट बँच्न जिल्लास्तरका स्थानीय तहमा सचेतना मुलक कार्यक्रम गरिरहेका जिल्ला स्वास्थ्य कार्यालय मुगुका डा. सुरज गंरौले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो समयमा भीडभाडमा नबस्ने, प्रकोप क्षेत्रमा नजाने, बाहिर हिंड्दा मास्क प्रयोग गर्ने, सरसफाईमा ध्यान दिने गरेमा भाईरलको प्रकोपबाट बच्न सकिने उहाँको भनाई छ । भाईरल प्रकोपबाट बँच्न पूर्व तयारीका लागी सौरु गाउँपालिकामा औषधि पठाई सकेको र अन्य पालिकामा पनि औषधि पठाउने तयारी भईरहेको डा गंरौले जानकारी दिनुभयो ।

यसैबीच खत्याड गाउँपालिकमा औषधिकोे अभाव भएको छ । जिल्लाबाट औषधि आउँदै छ भन्ने मात्र सुनेका छौं तर खत्याड गाउँपालिकामा औषधिको अभाव छ रातापानी प्रथामिक स्यास्थ्य केन्द्र मुगुका अहेब गगन नेपालीले भन्नुभयो ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..