ट्याक्टर दुर्घटनामा दाईको मृत्यु, भाई गम्भीर घाइते

सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिका–३ मा आज मध्यान्ह ट्याक्टर दुर्घटनामा परी दाईको मृत्यु भएको छ भने भाई गम्भीर घाइते भएका छन् ।

ज १ त ७२२० नम्वरको ट्याक्टर अनियन्त्रित भइ पल्टिंदा सोही ठाउँका उपेन्द्र महतोका १८ वर्षीय छोरा आशिक महतोको मृत्यु भएको हो । दुर्घटनामा मृतक आशिकका भाई १६ वर्षका आदित्य महतो गम्भीर घाईते भएका छन् ।

उनलाई बरहथवामा सामान्य उपचार गरी थप उपचारका लागि वीरगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा पठाइ ट्याक्टर दुर्घटनाको कारणबारे अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक आमोद खेरवारले जानकारी दिनुभयो ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..