जुम्लाका युवा अटो चलाएर रोजगार बन्दै

जुम्ला । जुम्लाका अधिकाश युवा अटो चलाएर रोजगार बनेका छन् । पाँच लाख देखि सात लाखको लागतमा खरिद गरेर जुम्लाका एक सयभन्दा बढी युवा, मासिक २० देखि ३० हजार आम्दानी गर्न सफल भएका छन् ।

वैदेशिक रोगजारीबाट फर्केका युवाहरु अहिले आफ््नै गाउँठाउमा अटो संचालन गरेर रोजगार भएका हुन् । आफ्नै गाउँठाउँमा अटो रिक्साबाट राम्रो आम्दानी भएपछि ट्रक, बस, कार चलाइरहेका चालकहरू पनि अटो रिक्सातर्फ आकर्षित भएका छन् ।

तीन वर्ष काम गरेर मलेसियाबाट फर्किएका तातोपानी गाउँपालिका ६ खड्का वाडाका २२ वर्षका प्रेम खड्काले अटो रिक्सा चलाएर मासिक ३० हजार कमाउने गरेको बताउनुभयो । खर्च काटेर दिनको एक हजार बचत हुने गरेको उहाँले बताउनुभयो ।

७ लाख रुपैयाँमा किस्ता बन्दीमा अटो रिक्सा किनेका प्रेम खड्काले कमाएर घरपरिवार पाल्नुका साथै मासिक १५ हजार किस्ता चुक्ता गर्दै आएको जानकारी दिनुभयो । एसएलसी पास गरेर रोजगारीको लागि अवसर नपाएर आफुले अटो खरिद गरी स्वरोजगार भएको उहाँले बताउनुभयो ।

ठूला सवारी नपुगेको गाउँघरको बाटोमा पनि अटो रिक्सा पुग्ने गरेको छ । ग्रामीण क्षेत्रमा अटो रिक्साले एम्बुलेन्सको पनि काम गरेको छ । हाल जुम्लाका अटो रिक्साले चन्दननाथ नगरपालिका भित्र र तातोपानीको एरेनीसम्मको रुटप्रमिट पाएको अटो चालकहरुको भनाई छ । हाल जुम्लामा ६० भन्दा बढी अटोहरु पुगेका छन ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..