
पर्सा । बीरगंज महानगरपालिका-१६ स्थित नगवा चोकबाट अवैध घरेलु मदिरा बिक्री बितरण कार्यमा संलग्न ३ जनालाई करिब ६० लिटर मदिरा सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा जिल्ला बारा निजगढ नगरपालिका-४ बस्ने २४ बर्षीया सुस्मा लामा, सोही ठाउँ बस्ने ३८ वर्षीया अनिता लामा र सर्लाही, शंकरपुर नगरपालिका-२ घर भई हाल पर्सा, बीरगंज महानगरपालिका-१० रानीघाट बस्ने २१ बर्षीय राजेश ठकुरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लु.२ ह ४२१६ नम्बरको अटोरिक्सालाई जाँच गर्ने क्रममा उक्त अटोरिक्साभित्र बिक्री बितरणको लागि लुकाई ल्याएको अवैध मदिरा फेला पारी अटोरिक्सा सहित उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुलाई थप आवश्यक कारवाहीको लागि आन्तरीक राजस्व कार्यालय बीरगंजमा पठाइको छ ।