जिवित शिशुलाई मृत्यु भएको भन्दै दाहसंस्कार गर्न खोजेपछी …..

चितवन । चितवन मेडिकल कलेजमा आइतबार जन्मिएकी शिशुको मृत्यु भएको भन्दै दाहसंस्कार गर्न देवघाट लगेर पुर्नका लागि खाल्डोमा राख्दा श्वासप्रश्वास गरेको देखेर फर्काई फेरि अस्पताल ल्याइएको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले बताए अनुसार हेटौँडा घर भएकी एक अविवाहिता युवतीले अस्पतालमा जन्माएकी शिशुलाई उपचार सम्भव नभएको चिकित्सकले जनाएकाले परिवारले घर लैजान्छु भन्दै अन्त्येष्टिका लागि देवघाट लगेका थिए ।

शिशुको मृत्यु भएको भनी परिवारजनले देवघाटमा अन्त्येष्टिका लागि तयारी गर्दै गर्दा स्थानीयवासीले जिवितै देखेपछि शिशुलाई अस्पताल फर्काएर प्रहरीलाई खबर गरेका थिए ।

त्यसको लगत्तै शिशुकी हजुरआमालाई प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता रेग्मीले बताए । शिशुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको थियो ।

युवती अविवाहिता भएकीले उनको नाम र ठेगाना गोप्य राखिएको उनको भनाइ छ । उक्त शिशुको सोमबार अपराह्न १२ः३०मा निधन भएको अस्पताल स्रोतले जनायो । रासस

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..