कोटेश्‍वर चोकमा शंकास्पद वस्तु फेला, सेनाद्वारा निष्क्रिय

काठमाडौ । राजधानीको कोटेश्वर चोकमा कालो प्लास्टिकको झोलामा शंकास्पद वस्तु भेटएको छ। झोलामा बम जस्तो वस्तु भेटिएपछि त्यस क्षेत्रको यातायात प्रभावित भएको थियो।

तीनकुनेबाट कोटेश्वर हुँदै भक्तपुरतर्फ जाने ट्रयाकमा शंकास्पद वस्तु भेटिएपछि तत्कालै त्यो स्थानलाई सुरक्षा घेरा लगाएर नेपाली सेनाको टोली बोलाइएको महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका डिएसपी गोविन्द काफ्लेले जानकारी दिए ।

शंकास्पद वस्तु भेटिएपछि त्यसक्षेत्रमा ट्राफिक जाम लागेको थियो । ट्राफिक प्रहरीले भक्तपुर जाने सवारी साधनलाई बानेश्वर र तीनुकनेबाटै डाइभर्ट गरेर पठाएको थियो।

सेनाको बम डिस्पोजल टोलीले शंकास्पद वस्तु हटाएपछि साँझ आठ बजेपछि भने सवारी साधन सुचारु भएको छ। शंकास्पद वस्तु कस्ले र किन राख्यो भन्ने स्पष्ट भइनसकेको प्रहरीले जनाएको छ ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..