उपनिर्वाचनको प्रारम्भिक तयारीः सरकारले मिति तोके चुनाव गराउन तयार

काठमाडौं । निर्वाचन आयोगले जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा उपनिर्वाचन गराउन प्रारम्भिक तयारी अघि बढाएको छ।

सरकारको नीति तथा कार्यक्रममा उपनिर्वाचन कार्यसूची समेटिएसंगै उपनिर्वाचनको तयारीलाई सरकारले गम्भीरताका साथ लिने अपक्षासंगै आयोगले प्रारम्भिक तयारी अघि बढाएको हो। ‘उपनिर्वाचनबारे अहिले आन्तरिक छलफल गरिरहेका छौं’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले हामीसँग भने ‘अहिले कहाँ रिक्त छ, ऐन कानून परिमार्जन गर्नुपर्ने अवस्था छ कि छैन, मतदाता नामावली संकलन गर्नुपर्ने, मतदान केन्द्र परिर्वतन गर्नुपर्ने कि नपर्ने आदि जस्ता विषयमा आन्तरिक छलफलहरु भइरहेको छ।’

नीति तथा कार्यक्रमको स्वीकृतिसंगै आयुक्तहरु सरकारसंग यसबारे छलफल गर्ने तयारीमा छन् । जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा उपनिर्वाचन गराउने कार्य यसअघि चर्चामा सीमित भएको थियो ।

आयोगले उपनिर्वाचनको तयारीको लागि सरकारको ध्यानाकर्षण गराउ“दै आए पनि औपचारिक प्रक्रिया अघि बढेको थिएन । तर अब तयारी अघि बढ्नेमा आफू विश्वस्त रहेको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..