धनुषामा साढे २ वर्षीय अबोध बालकको निर्मम हत्या

काठमाडौं । धनुषाको मिथिला नगरपालिकामा साढे दुई वर्षीय अबोध बालकको हत्या गरेको अवस्थामा शव फेला परेको छ ।मिथिला नगरपालिका–६ ढल्केवरबाट सोमबार साँझ शम्भु साहका साढे दुई वर्षीय छोरा आर्यन साह बेपत्ता भएका थिए । बालकको खोजतलास अबेर रातिसम्म गरिए पनि फेला परेको थिएन । उनै बेपत्ता आर्यनको शव आज बिहान फेला परेको धनुषा प्रहरी प्रमुख एसपी शेखर खनालले जानकारी दिएका छन् ।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रमुख प्रहरी नीरिक्षक सरोज राईका अनुसार आर्यनको शव घर नजिकैको बारीमा फेला परेको छ । शवको प्रकृति निकै दर्दनाक देखिन्छ । आधा घाँटी काटेको अवस्थामा शव फेला परको छ । ‘हामी अहिले मुचुल्का उठाउने काम गर्दैछौँ’, प्रहरी निरीक्षक राईले भने ‘घटनाको पूरा अनुसन्धान गरेपछि मात्रै थप भन्न सकिने अवस्था रहन्छ’

आर्यन सोमबार साँझ हरियो रङ्गको टिसर्ट लगाएर घरमै खेलिरहेका थिए । उनी खेल्न थालेपछि परिवारका सदस्यले बालकलाई घरमै छाडेर घर नजिकैको धारामा पानी लिन गएका थिए । त्यही बीचमै आर्यन बेपत्ता भएका थिए । बालक हराएपछि छिमेकी र गाउँले मिलेर खोजी शुरु गरेका थिए । पछि बालक हराएको जानकारी इलाका प्रहरी कार्यालय ढल्केवरलाई
समेत दिइएको थियो ।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक राईसहित गाउँलेले बालकको खोजी सोमबार रातिबाटै गरेका थिए । तर, बालक फेला परेका थिएनन् । खेतबारीतिर जान सक्ने भन्दै त्यसतर्फ पनि खोजी गरिएको तर पत्ता नलागेको राईको भनाइ छ ।

यसैबीच आज बिहान राति नै खोजिएको ठाउँ घर नजिकैको खेतमा उनको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक राईले बताए । बालकको घाँटी रेटेर निर्ममतापूर्वक हत्या भएको पाइएपछि अपहरण गरेर हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । अपहरणपश्चात हत्या किन र कसले ग¥यो भन्ने केही खुल्न सकेको छैन । धनषाका प्रहरी प्रमुख एसपी शेखर खनालले घट्नाबारे जानकारी पाएको र अनुसन्धान भैरहेको बताए ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..