बजेटको अवस्था नहेरी नीति तथा कार्यक्रम ल्याएको नेता सिंहको टिप्पणी

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले बजेटको अवस्था नहेरी नीति तथा कार्यक्रम ल्याएको भन्दै सरकारको आलोचना गरेका छन्। काँग्रेस नेता सिंहले सरकारले ल्याएको नीति तथा कार्यक्रममा समावेश गरिएका नारा राम्रो भएपनि त्यसलाई कार्यान्वयन गर्ने स्रोत र साधन भने नभएको जिकिर गरे।

मंगलबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले आगामी ४ वर्ष भित्र दोहोरो आर्थिक वृद्धिदर कायम गर्ने लक्ष्य नीति तथा कार्यक्रममा भएपनि त्यसका लागि स्रोत र साधनको व्यवस्था गर्न भने सरकारले गर्न नसकेको आरोप लगाए।

मुलुकलाई सन् २०३० भित्र मध्यम आए भएको मुलुक बनाउन तत्कालका लागि करिव १४ खरव बजेट थप चाहिने भएपनि सरकारले त्यो बजेट कहाँबाट ल्याउने? भन्ने कुनै योजना नीति तथा कार्यक्रममा समावेश गर्न नसकेको नेता सिंहको भनाइ छ।

नेता सिंहले काठमाडौंलाई धुलो मुक्त बनाउन नसक्ने सरकारले राजमार्गमा मै हवाई जहाज ल्याण्ड गराउने योजना सारेको भन्दै असन्तुष्टि जनाए। उनले सरकारको नीति तथा कार्यक्रम माध्यामिक तहका तेज विद्यार्थीले खेलेको निबन्ध जस्तो भएपनि त्यसको कार्यान्वयनका लागि विश्वसनीय आधार नभएको पनि बताए।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..