अलपत्र अवस्थामा रहेका १९ जना बालबालिकाको उद्धार

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका-८ गल्फुटारबाट अलपत्र अबस्थामा रहेका १९ जना बालबालिकालाई सोमबार दिउँसो प्रहरीले उद्धार गरेको छ ।

कालिकोट घर भएका जयबहादुर विकले बोर्डिङमा पढाइदिन्छु भन्दै हरेक विद्यार्थीबाट एक/डेढ लाखको दरले रकम उठाई सोही ठाउँस्थित घर भाडामा लिई बालबालिकाहरूलाई अलपत्र अबस्थामा छाडेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले १५ बालक र ४ बालिका समेत गरी १९ जनालाई उद्धार गरेको हो ।

उद्धार गरिएका बालबालिकाहरुमध्ये ९ जना हिमाली नविन समाज महाराजगंज र १० जना साझा मञ्च बालुवाटारको संरक्षणमा रहेको उक्त वृत्तले जनाएको छ । जय बहादुर हाल फरार रहेकाले प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..