नक्कली अमेरिकी डलरसहित मलेसियन नागरिक पक्राउ

काठमाडौं । नक्कली अमेरिकी डलर १ सय दरको १ थान सहित मलेसियन नागरिक राहदानी नम्बर ए ३५३३३४५३७ बाहक ४६ वर्षीय रुवेन दास अरुल सोमबार दिउसो पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा मालिन्डो एयरको उडानद्वारा आएका उनले भिसा दस्तुर बुझाउने क्रममा बैंक काउन्टरमा उक्त नक्कली अमेरिकी डलर दिएकाले बिमानस्थल अध्यागमन कार्यालयले पक्राउ गरी बिमानस्थल सुरक्षा कार्यालयमा बुझाएको हो ।

उनलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी बृत्त गौशाला पठाइएको हो ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..