
काठमाडौ । ५औं युएन ग्लोबल सडक सुरक्षा सप्ताह–२०१९ को अवसरमा सडक सुरक्षा प्रशिक्षक तयार पार्न नेपाल मोटरर्स स्पोर्टस क्लबले नेशनल सेफ्टी लिडरसिप ट्रेनिङ्ग कार्यक्रम आयोजना गरेको छ।
तालिमको नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एक सकारोहकाबीच उद्घाटन गर्नुभएको हो ।
यो तालिममा सात वटै प्रदेशबाट प्रतिनिधित्व गर्ने गरी २१ जना प्रशिक्षार्थीलाई प्रशिक्षण दिने कार्यक्रम रहेको आयोजक संस्थाले जनाएको छ।
बढ्दो सडक असुरक्षा कम गर्ने उद्देश्यले आयोजना गरिएको यो तालिम ७ मेदेखि ८ मेसम्म दुई दिन सञ्चालन हुने आयोजकले जनाएको छ।